बिनोद निगम/नवलपरासी, १४ चैत
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ अमानिगञ्जस्थित न्यु सन राइज सेकेन्डरी इंग्लिस स्कुलले कक्षा १० का विद्यार्थीहरूलाई शनिबार औपचारिक कार्यक्रमका बीच बिदाई गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनरत १९ जना विद्यार्थीलाई खाजासहित सम्मानपूर्वक बिदाई गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि देवेन्द्रराज कंडेल, अभिभावक, शिक्षक तथा अन्य कक्षाका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा विद्यार्थीहरूले आफ्नो अनुभव र विद्यालयप्रतिको कृतज्ञता व्यक्त गरेका थिए भने साना कक्षाका विद्यार्थीहरूले शुभकामना सन्देश तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र गुप्ताले बिदाइ भइरहेका विद्यार्थीलाई अनुशासन, मेहनत र स्पष्ट लक्ष्यका साथ अगाडि बढ्न सुझाव दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै आपसी शुभकामना आदान–प्रदानसहित कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

