मिना केसी / नवलपरासी , १४ चैत
पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका–५ मिनी बन्कट्टीस्थित क्षेत्री समाज भवनमा क्षेत्री समाज नेपाल, सुनवल नगर कार्यसमितिको आयोजनामा सातौं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ।
नगर अध्यक्ष गुप्त बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशसभा सदस्य खड्क बस्नेत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेख बहादुर कार्की, जिल्ला अध्यक्ष मनोज कुमार कार्की लगायत करिब १६० बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्षकाे प्रतिवेदन अध्यक्ष केसीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोक बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन प्रतिभा कार्कीले गर्नुभएको थियो।
वक्ताहरूले क्षेत्री समुदायबीच एकता, सहकार्य र आपसी सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले समाजका मुद्दा समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रमुख अतिथि बस्नेतले संस्थामा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दै चरित्र निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो।

अधिवेशनबाट सुनवल नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। साथै चैत २८ गते जिल्ला अधिवेशन हुने जानकारी दिइएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

