बिनोद निगम / नवलपरासी ,१४ चैत
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५, तरैनीस्थित सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बलिनगरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको हुक्का फ्लेवर बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.ना.नि.) सत्यनारायण यादवको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले शनिबार बिहान करिब १ बजे सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामग्री फेला पारेको हो।
बरामद गरिएको हुक्का फ्लेवरको मूल्य करिब रु. ११ लाख ९० हजार बराबर रहेको बताइएको छ। कुल २४ कार्टुनमा रहेका ५,९५० पिस हुक्का फ्लेवर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि महेशपुर कार्यालयमा बुझाइएको छ भने उक्त गुल्मका सशस्त्र प्रहरी बल नायब उपरीक्षक प्रमोद खड्काका अनुसार घटनामा संलग्न ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई अझ प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

