Rashtriya Dainik

कालिकामाई मेलामा युवा समाजद्वारा सेवा: पानी वितरण र स्वास्थ्य शिविर सम्पन्न

राजन कुमार बानिया / पर्सा, १४ चैत

पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजले हरेक वर्षझैं यस वर्ष पनि रामनवमीको अवसरमा लाग्ने कालिकामाई मेलामा पानी तथा प्रसाद वितरणसहित स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

युवा समाजका अध्यक्ष आकाश चौरसियाले मेलामा आउने श्रद्धालु भक्तजनहरूको सेवाका लागि विगत ४ वर्षदेखि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि सामाजिक सेवामा अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरे।

कार्यक्रममा कट्टिबलुवाका समाजसेवी डब्लु साह गोढले करिब ७०० बोतल मिनरल वाटर सहयोग गरेका थिए। स्वास्थ्य शिविर सञ्चालनका लागि कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखासँग सहकार्य गरिएको थियो भने प्रसाद वितरण तथा अन्य व्यवस्थापनमा संस्थाका सम्पूर्ण युवाहरू सक्रिय रूपमा खटिएका थिए। यसबारे जानकारी युवा समाजका उपाध्यक्ष भरत साहले दिए।

कार्यक्रममा अध्यक्ष आकाश चौरसिया, वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, संस्थापक सदस्य मोहन महतो, राकेश सरार्फ, रमेश चौरसिया, सदस्यहरू नितेश कुशवाहा, अशोक साह, विनय चौरसिया, अफजल मियाँ, राजेश चौरसिया तथा स्वास्थ्यकर्मी धिरेन्द्र रेवानी, शैलेन्द्र चौरसिया लगायतको उल्लेखनीय उपस्थिति रहेको संस्थापक सदस्य मोहन महतोले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित