राष्ट्रिय दैनिक / नवलपरासी ,१३ चैत
रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल भएका छन्। यससँगै संविधान जारी भएपछि सो धाराको प्रयोगमार्फत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना पनि बनेको छ।
त्यसैगरी, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति बनेका छन्। यसअघि काठमाडौं महानगरपालिकाका मेयर रहेका उनले पदबाट राजीनामा दिई फागुन २१ मा सम्पन्न निर्वाचनमा भाग लिएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

