अनिल बनिया / नवलपरासी , चैत १०
पश्चिम नवलपरासीमा ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
सोमबार दिउँसो करिब ३ बजे सुनवल नगरपालिका–१२ हरकट्टा पुल नजिक लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवा र अस्थायी प्रहरी बिट भुमहीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको युपी ५६ ए अक्स ८१०६ नम्बरको टिभिएस अपाचे १६० मोटरसाइकल रोकी चालक सरावल गाउँपालिका–४ बडसारे बस्ने २६ वर्षीय सुनिल कुमार यादव र पछाडि सवार ३५ वर्षीय जितेन्द्र जैसवालको साथबाट प्लास्टिकको झोलामा लुकाइछिपाइ राखिएको बुप्रेनोर्फिन १००७, डाइजेपाम ९१० र फेनरागन ७३३ एम्पुल गरी जम्मा २६५० एम्पुल बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले रामग्राम नगरपालिका–१७ देवगाउँस्थित ४९ वर्षीय लक्कीचन्द केवटको घरमा छापा मारेको थियो। त्यहाँबाट थप बुप्रेनोर्फिन ३३९, डाइजेपाम ६३४ र फेनरागन ७०८ एम्पुल गरी १६८१ एम्पुल लागुऔषध बरामद भएको छ।
यसरी कुल ४३३१ एम्पुल लागुऔषध बरामद गर्दै तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
प्रहरीले जिल्लामा बढ्दो लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा पारिएको जनाएको छ।
प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तका अनुसार, अत्यधिक निगरानी र समन्वयबाट मात्रै यस्तो अपराध नियन्त्रण गर्न सकिन्छ। जिल्लामा लागुऔषधको कारोबार रोक्न थप कारबाही जारी रहने प्रहरीले स्पष्ट पारेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

