Rashtriya Dainik

एक महिनाको रोजापछि आज ईद—मस्जिदमा भीड, घरघरमा खुशीयाली

काठमाडौं,७ चैत — इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइएको छ।

एक महिना लामो रमजान महिनाभर रोजा (व्रत) सम्पन्न गरेपछि मुस्लिम समुदायले विशेष नमाज अदा गर्दै यो पर्व मनाएका हुन्।

बिहानैदेखि देशभरका मस्जिद तथा इदगाहहरूमा श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको थियो। काठमाडौंस्थित नेपाली जामे मस्जिद सहित विभिन्न स्थानमा सामूहिक नमाज सम्पन्न गरिएको छ।
नमाजपछि आफन्तजन, इष्टमित्र तथा ठूलाबडाको घरमा पुगेर आशीर्वाद लिने र सानालाई माया–दुलार गर्ने परम्परा रहेको छ। यस अवसरमा सेवई, खजुरजस्ता परिकार खुवाएर अतिथि सत्कार गर्ने चलन पनि व्यापक रूपमा देखिएको छ।

ईदको अर्को महत्वपूर्ण पक्ष भनेको दान (जकात) र सद्कार फितर हो। इस्लाम धर्मअनुसार मुस्लिमहरूले आफ्नो आम्दानीको करिब २.५ प्रतिशत गरिब तथा विपन्न वर्गलाई सहयोग गर्ने परम्परा छ, जसले समाजमा समानता र सहकार्यको भावना मजबुत बनाउने विश्वास गरिन्छ।
नयाँ लुगा लगाएर शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वले धार्मिक आस्था मात्र होइन, आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई पनि थप सुदृढ बनाउने गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित