काठमाडौं,६ चैत
सरकारले शनिबार (भोलि) सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा शुक्रबार जारी सूचनामा शनिबार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)अवसरमा सार्वजनिक विदा दिइएको जनाइएको छ ।
२०८१ फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इदका दिन सार्वजनिक विदा दिने व्यवस्था भएको सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयले इदको उपलक्ष्यमा देश–विदेशमा रहेका इस्लाम धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीवहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

