खोटाङ ,४ चैत — जिल्लाको केपिलासगढी गाउँपालिका–२ मा बुधबार एक हेलिकोप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ।
खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनाको जानकारी प्राप्त भएको छ तर हालसम्म मानवीय क्षति नभएको जनाइएको छ। “हेलिकोप्टर दुर्घटनामा परेको सूचना आएको छ, तर कुनै मानवीय क्षति भएको छैन, थप विवरण संकलन भइरहेको छ,” उनले बताइन्।
घटनाबारे विस्तृत विवरण भने अझै खुल्न बाँकी रहेको छ। सम्बन्धित निकायले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

