Rashtriya Dainik

विवाहकै दिन दुलाहा–दुलही सडकमा, नवनिर्वाचित सांसद टेकबहादुर शाक्यलाई अनौठो स्वागत

राजन कुमार बानियाँ/पर्सा, २६ फागुन

पर्सा क्षेत्र नम्बर–४ का नवनिर्वाचित माननीय टेकबहादुर शाक्यलाई स्वागत गर्ने क्रममा आज पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा एक रोचक दृश्य देखिएको छ।

सुरज श्रेष्ठ र सरिता श्रेष्ठको शुभविवाह चलिरहेकै बेला दुलाहा–दुलही नै सडकमा बसेर माननीय शाक्यलाई स्वागत गरेका थिए। विवाहको कार्यक्रमबीच दुलाहा–दुलहीले सडकमै बसेर गरेको स्वागतले उपस्थित सबैलाई चकित बनाएको थियो।

नवनिर्वाचित माननीय शाक्यले पनि दुलाहा–दुलहीलाई सडकमै टीका लगाई आशीर्वाद दिनुभएको थियो। एकातर्फ विवाहको माहोल र अर्कोतर्फ नवनिर्वाचित सांसदको स्वागत—यी दुई दृश्य एकैसाथ देखिँदा स्थानीयका लागि त्यो क्षण निकै रोचक बनेको थियो।
सडकमा भेला भएका स्थानीयवासीहरूले उक्त दृश्य उत्सुकतापूर्वक अवलोकन गर्दै रमाइलो वातावरणमा त्यस क्षणलाई अनुभव गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित