परासीमा उम्मेदवारको कार्यालय र घरमा कालो झण्डा !

नवलपरासी ,६ फागुन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सदरमुकाम परासीमा उम्मेदवारको पार्टी कार्यालय र घरमा कालो ब्यानर राखेको छ ।

नवलपरासी क्षेत्र नम्बर दुइका काङ्ग्रेस उम्मेदवार भिम बहादुर थापाको सुनवल बजारस्थित घर, एमाले उम्मेदवार लेखनाथ खरेलको भुमही बजारमा रहेको घर र कार्यालय , परासीमा रहेको रास्वपा उम्मेदवार नगेन्द्र गुप्ताको घर, परासीकै जिल्ला प्रशासन कार्यालयबाट पश्चिम तर्फ रहेको राप्रपाको जिल्ला कार्यालय र वाइपास रोडमा रहेको प्रलोपाको कार्यालयमा क्राकपा नेपाल कालो झण्डा राखेको जनाएको छ ।

यस अघि सोमबार जिमिरेभार बजारमा रहेको चौधरीको चुनावी कार्यालय, महलबारीमा रहेको एमाले उम्मेदवार राम प्रसाद पाण्डेयको निवासको प्रबेशद्वार , नेकपा उम्मेदवार सिन्धु जलेशा बुढाथोकीको बर्दघाट-२ चिसापानीको निवास, रास्वपा उम्मेदवार बिक्रम खनालको बर्दघाट-१० धुब्रटोलमा निमार्णाधिन घर र माओवादी उम्मेदवार राजु प्रसाद हरिजनको बर्दघाट-३ लघुनाहाको घरमा कालो झण्डा र ब्यानर राखिएको थियो । साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले राजनीतिक निकास दिन नसक्ने भएकोले उम्मेदवारहरुलाई सचेत बनाउन कालो झण्डा र ब्यानर राख्ने कार्यक्रम गरिएको सो पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । पार्टी केन्द्रको योजना अनुसार झण्डा राख्ने कार्यक्रमलगायत शान्तिपूर्ण बिरोध कार्यक्रम जारी रहने समेत उक्त पार्टीले जनाएको छ ।

जिल्लामा निर्वाचन बहिष्कार गर्ने चार दल सम्मीलित संयुक्त संघर्ष समिति, संयुक्त जेनजी समुहलगायत क्रियाशिल छन् । चुनावीमै सहभागी दलहरु बीच समेत अस्वस्थ्य प्रतिस्पर्धा र झगडाले निर्वाचनको शान्ति अमनचयनको अवस्था बारे जिल्लाबासीलाई थप चिन्तित बनाएको जानकारहरु बताउछ्न ।

जमुनियामा बिप्लव नेकपाका नेताहरु र दबिलामा एमाले कार्यकर्ता माथि रास्वपा कार्यकर्ताले कुटपिट गरेको भन्दै बिरोध जनाएपछि घटना सम्लग्न अजय गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित