वीरगञ्ज–२८ मा सुशील कुमार कानुको घरदैलो

दलित समुदाय लक्षित स्वास्थ्य–शिक्षा सुधारको प्रतिबद्धता, ५८ जना रास्वपामा प्रवेश

वीरगञ्ज, ४ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ को बगही र इनरवा टोलमा घरदैलो गर्दै जनतासँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा सहज पहुँच तथा स्थायी रोजगारी सिर्जना गर्दै जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखिने विश्वास व्यक्त गरे।
उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै भने, “रास्वपाले सार्वजनिक गरेको करारपत्रअनुसार हामी निर्वाचित भएको पाँच वर्षसम्म प्रतिवद्ध भएर काम गर्नेछौँ। जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो।”
समावेशी विकास र सामाजिक न्यायप्रति प्रतिबद्धता दोहोर्‍याउँदै कानुले सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने अठोट व्यक्त गरे।
घरदैलो पश्चात् आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले), नेपाली काँग्रेस, जसपा नेपाल तथा आजपा लगायत विभिन्न दल त्याग्दै ५८ जना स्थानीय नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशीलाई उम्मेदवार कानुले अबिर र खादा लगाएर स्वागत गरेका थिए।


नवप्रवेशीहरूले पुराना दलहरूले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै परिवर्तन, पारदर्शी राजनीति र नयाँ राजनीतिक संस्कारको आवश्यकताका कारण रास्वपामा आबद्ध भएको बताएका छन्। उनीहरूले आगामी निर्वाचनमा घण्टी छापमा मतदान गरी पार्टीलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित