राजन कुमार बानिया | पर्सा, ४ फागुन
पर्साको जगरनाथपुर गाउँपालिका–४ सोहपुर सोहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवेश कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। बिरजेश चौधरीको पहलमा आयोजित कार्यक्रममा १५० भन्दा बढी युवाहरूले विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा रास्वपाका नेता टेकबहादुर शाक्यको विशेष उपस्थिति रहेको थियो। साथै क्षेत्रीय सभापति जितेन्द्र मिश्राले नयाँ सदस्यलाई स्वागत गर्दै संगठन विस्तारमा युवाशक्तिको भूमिकालाई जोड दिए।
नवप्रवेशीलाई सम्बोधन गर्दै शाक्यले पारदर्शी शासन व्यवस्था, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “देश र समाज परिवर्तन गर्न युवाहरूको सक्रिय सहभागिता आवश्यक छ। हामी शब्द होइन, काममार्फत जनताको विश्वास जित्ने अभियानमा छौं।”
आयोजकका अनुसार उक्त कार्यक्रमले क्षेत्रीय स्तरमा रास्वपाप्रति युवाहरूको बढ्दो आकर्षण र विश्वासलाई थप मजबुत बनाएको संकेत दिएको छ। आगामी दिनमा संगठन विस्तार र जनसमर्थन अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

