पर्सा ,४ फागुन
पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत पर्ने अलौमा घरदैलो तथा जनतादर्शन कार्यक्रम सम्पन्न गरेकी छन्। कार्यक्रममा करिब ५ सय मतदाताको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा महिलाको अधिकारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। यी विषय आफ्ना चुनावी एजेन्डाको मुख्य आधार रहेको बताउँदै निर्वाचित भएपछि कार्यान्वयनमा विशेष जोड दिने उनले दोहोर्याइन्।
घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दा ज्येष्ठ नागरिकको आशीर्वाद, युवापुस्ताको उत्साह र आम नागरिकको विश्वासले परिवर्तनको स्पष्ट सन्देश दिएको यादवको भनाइ छ।
कार्यक्रममा स्थानीय जनताले विकास, सम्मानजनक जीवन, अवसरको समान पहुँच र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। समर्थकहरूले जनसमर्थनका आधारमा आगामी निर्वाचनमा उत्साहजनक परिणाम आउने विश्वास व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यसहित नेकपा एमालेका नेता तथा कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

