काठमाडौं ,४ फागुन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाट प्रहरीले पुनः पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
गत साता पक्राउ परेका प्रसाईं माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभ लगायतका विभिन्न मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन्।
पक्राउपछि प्रसाईंलाई हाल काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

