काठमाडौं ,४ फागुन
झापाको क्षेत्र नं. ४ अन्तर्गत झिलझिलेमा आयोजित श्रम संस्कृति पार्टीको निर्वाचन आमसभामा धरानका पूर्व मेयर तथा पार्टी अध्यक्ष हर्क साम्पाङ आक्रामक रूपमा प्रस्तुत भए। उनले बालेन शाहमाथि गम्भीर आरोप लगाउँदै ‘खतरनाक व्यक्ति’को संज्ञा दिए।
साम्पाङले बालेन युवाहरूलाई उचालेर पछि हट्ने शैलीमा राजनीति गर्ने आरोप लगाए। ‘देश सम्हालौँ भन्यो भने ६ महिना लुकेर बस्ने, अहिले फेरि प्रधानमन्त्री हुने रे,’ भन्दै उनले कटाक्ष गरे। साथै, बालेनले मिडियालाई प्रभावमा पारेको आरोप पनि दोहोर्याए।
एमसीसीजस्ता राष्ट्रिय मुद्दामा मौन बसेको आरोप लगाउँदै उनले रवि लामिछाने र कुलमान घिसिङलाई समेत खुला चुनौती दिए—‘नो एमसीसी भनेर कार्यक्रम गरेर देखाऊन्, अनि मात्र जनता निर्णय गरोस्।’
त्यस्तै उनले केपी शर्मा ओली र बालेनबीचको टकरावलाई ‘प्रतिशोधको राजनीति’ भन्दै आलोचना गरे। ‘देशलाई प्रगति चाहिएको छ, प्रतिशोध होइन,’ उनले भने, ‘भोका–नाङ्गा नेपालीले के गर्ने?’
विदेशी प्रभाव र स्वाधीनताको विषय उठाउँदै साम्पाङले मौलिक विचार र ‘श्रम संस्कृति’ आवश्यक रहेको दाबी गरे। कार्यक्रममा हजारौं सर्वसाधारणको उपस्थिति रहेको जनाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

