राष्ट्रिय दैनिक / नवलपरासी ,४ फागुन
नवलपरासी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २५ बुँदे महत्वाकांक्षी प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ। प्रतिनिधि सभा सदस्य उम्मेदवार क. लेखनाथ खरेल ले “समृद्ध नेपाल : सुखी नेपाली” को राष्ट्रिय नारालाई स्थानीय विकाससँग जोड्दै चुनाव चिन्ह सूर्य मा मत मागेका हुन्।
🌞 सूर्यमा भोट किन ? एमालेका मुख्य एजेन्डा
प्रतिवद्धता–पत्रमा महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन, महेशपुर–परासी–सुनवल हुँदै पाल्पासम्म चार लेन सडक विस्तार, तथा पहाडी जिल्लासँग जोडिने व्यापारिक मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी रामग्राम, पण्डितपुर, नन्दन ताल, देवदह ताल लगायत बुद्धसँग सम्बन्धित धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।

🚜 कृषि, रोजगारी र उद्योगमा जोड
“एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार” नीति लागू गर्ने
कृषि आधुनिकीकरण र व्यवसायीकरण
युवा उद्यमशीलताका लागि सहुलियतपूर्ण ऋण र सीपमूलक तालिम
साना–मझौला उद्योग प्रवर्द्धन गरी रोजगारी वृद्धि
🏥 शिक्षा, स्वास्थ्य र पूर्वाधार
एमालेले जिल्लाकै सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पताल र पाल्हीनन्दन अस्पताललाई उपकरणसहित सुविधा सम्पन्न बनाउने, सुनवलमा मेडिकल कलेज वा विश्वविद्यालय स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।
माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गर्ने, विपन्न तथा दलित समुदायलाई पूर्ण निःशुल्क शिक्षा दिने व्यवस्था मिलाउने योजना पनि समेटिएको छ।
🛣️ सडक, यातायात र शहरी विकास
भुमही–सुनवलदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्म सिधा सार्वजनिक यातायात सञ्चालन गर्ने, अधुरा पुल–सडक पूरा गर्ने तथा मुख्य सहरी क्षेत्रमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने एजेन्डा अघि सारिएको छ।
त्यसैगरी अव्यवस्थित विद्युत तथा दूरसञ्चारका तारहरू भूमिगत गरी जिल्लालाई सौन्दर्य क्षेत्रका रूपमा विकास गर्ने योजना उल्लेख गरिएको छ।
🌳 पर्यटन, खेलकुद र सुशासन
धुरकोट, बेवरे, बिहारी गाउँमा होमस्टे सञ्चालन, पदमार्ग र हिल स्टेशन विकासमार्फत उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
“भ्रष्टाचारमा शून्य सहनशीलता” कायम गर्दै सुशासन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि एमालेले दोहोर्याएको छ।
“हामी सबैको एउटै अठोट, गाउँ र शहरको विकासको लागि सूर्यमा भोट” भन्ने नारासहित एमालेले नवलपरासी–२ मा चुनावी अभियान तीव्र पारेको जनाएको छ।

👉 अब हेर्न बाँकी छ—२५ बुँदे प्रतिवद्धताले मतदाताको मन कत्तिको जित्छ ?
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

