राजन बानियाँ/पर्सा, २ फागुन – पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत कालिकामाई गाउँपालिकाका वडा नं. १ मुडली र वडा नं. ५ बिरन्चीबार्वामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमको क्रममा रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको द्रुत विकास आवश्यक भएको बताए। उनले शिक्षा, स्वास्थ्य, सडक, तथा रोजगारीका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको औँल्याउँदै उज्ज्वल भविष्य निर्माणका लागि नेपाली कांग्रेसमा विश्वास गर्न स्थानीयवासीलाई आग्रह गरे। रिजालले मत माग्दै लोकतान्त्रिक मूल्य र स्थायित्व कायम राख्न कांग्रेसलाई समर्थन गर्नुपर्ने आवश्यकता पनि जोड दिए। कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानलाई निरन्तरता दिँदै रिजालले आगामी दिनमा विभिन्न गाउँ–टोलमा मतदाता भेटघाट गर्ने योजना रहेको पनि जानकारी दिए। कार्यक्रममा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्धन सिंह क्षेत्री, कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा प्रवक्ता रमेश पाण्डे, जिल्ला सह–सचिव नविन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रह्यो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।