राष्ट्रिय दैनिक / नवलपरासी,२ फागुन नवलपरासी क्षेत्र नम्बर १ का ६ जना नेपाली कांग्रेसका प्रभावशाली नेताले कांग्रेस पार्टी परित्याग गरेका छन । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ स्थित जिल्ला सदस्य ध्रुबराज जमरकट्टेल,बर्दघाट नगर सभापति दामोदर जिसी,प्रदेश सभा क्षेत्र नम्बर १ क का सचिव भवानी शङ्कर भट्टराई र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाहि,बर्दघाट नगर सह सचिव हरी प्रसाद अधिकारी र ले नेपाली कांग्रेस क्षेत्र १ क का क्षेत्रिय कार्यसमिति सदस्य सुधिर पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । ६ जनाले नै छुटाछुटै बिज्ञप्ती मार्फत कांग्रेस पार्टीको हाल सम्मको जिम्मेवारीमा नरहने घोषणा गरेका छन । स्थानियको कार्यकर्ताको माग बिपरित नेपाली कांग्रेसले यहाका मतदाताको चाहाना बिपरित अन्यलाई टिकट दिएर कार्यकर्ताको भावना विपरित काम गरेका कारण त्यो पार्टीमा रहन सकिएन नसकिएका कारण काङ्ग्रेस परित्याग गरेको दामोदर जिसिले बताए । क्षेत्र नम्बर १ का सचिव शाहिले स्थानिय क्षेत्र नम्बर १ मा यहिका कार्यकर्ता र मतदाताले चाहेको उम्मेदवार पार्टीले दिन नसकेको यहि भूमिको उम्मेदवार हुनु पर्ने अडानका साथ आफुहरु अघि बढे पनि केन्द्रिय स्तरमा आफुहरुको भावनाको कदर नभएकाले राजिनामा दिएको बताए । पछिल्लो पटक जिल्ला सदस्य ध्रुब राज जमरकट्टेल,प्रदेश कमिटि सचिव बालिन्द्र बिक्रम शाही ,बर्दघाट नगरपालिकाका कांग्रेस सभापति दामोदर जिसि,सदस्य सुधिर पौडेल र सचिव हरी अधिकारी पाचै जनाले एकै दिन शनिवार राजिनामा दिएका हुन । भने केहि दिन अघि राजिनामा दिएका क्षेत्र नम्बर १ क का सचिव भट्टराई भने रास्वपामा खुलेका छ्न । राजिनामा दिएका ६ जनाले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाललाई सहयोग गर्ने बताइएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेस छोडेर रास्वपाका उम्मेदवार बनेपछि यहा कांग्रेस छोडनेक्रम बढेको बताइएको छ । नेपाली कांग्रेस पश्चिम नवलपरासी उच्च श्रँेतका अनुसार यहाको कांग्रेस पार्टीमा मुख्य जिम्मेवारीमा अन्य नेता तथा कार्यकर्ताहरु समेत पार्टी छोड्ने तयारीमा रहेको बताईएको छ ।नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी उम्मेदवार रहेका छ्न । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।