राष्ट्रिय दैनिक /नवलपरासी,२ फागुन नेपाली कांग्रेस नवलपरासीमा एकैदिन दुई प्रभावशाली नेताको बहिर्गमन भएपछि राजनीतिक तरंग पैदा भएको छ। संघीय प्रतिनिधि सभा क्षेत्र नम्बर १ (नवलपरासी) का सचिव बालिन्द्र विक्रम शाहीले सभापति मुकुल कुमार आचार्यसमक्ष लिखित राजीनामा पेश गर्दै पदसँगै साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित शाहीले आफूले पार्टीले दिएको जिम्मेवारी क्षमताअनुसार निर्वाह गरेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। त्यसैगरी वर्दघाट नगरका निवर्तमान नगर सभापति दामोदर जिसीले पनि सार्वजनिक घोषणा गर्दै नेपाली कांग्रेससँगको आफ्नो लामो राजनीतिक यात्रा स्थगित गर्ने निर्णय गरेका छन्। उनले वर्तमान राजनीतिक परिस्थिति, सुशासनको आवश्यकता र परिवर्तनको पक्षमा उभिने प्रतिबद्धतासहित नयाँ ढंगले अगाडि बढ्ने संकेत गरेका छन्। दुई नेताको एकैपटकको निर्णयले नवलपरासी र वर्दघाटको स्थानीय राजनीतिमा नयाँ समीकरणको बहस सुरु भएको छ। विश्लेषकहरूका अनुसार यो कदमले आगामी दिनमा संगठनभित्र थप पुनर्संरचना र शक्ति सन्तुलनमा असर पार्न सक्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।