Rashtriya Dainik

पर्सा–४ मा टेकबहादुर शाक्यको घरदैलो अभियान

राजन कुमार बानियाँ /पर्सा,२ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का उम्मेदवार टेकबहादुर शाक्यले पर्सा–४ का प्रत्येक गाउँ–टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

उम्मेदवार शाक्यले मतदातालाई घण्टी छापमा मतदान गर्न आग्रह गर्दै भने, “म जनताको विश्वास जितेर क्षेत्रको समृद्धि र सुशासनका लागि समर्पित भएर काम गर्नेछु।”
घरदैलो अभियानका क्रममा उनले देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचार अन्त्य गर्न राजनीतिक परिवर्तन अपरिहार्य रहेको बताए। “सबै जात, समुदाय, धर्म, लिङ्ग र संस्कृतिबाट आउने व्यक्तिहरू अट्ने समुन्नत समाज निर्माणका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक छ,” उनले भने।

शाक्यले पर्सा–४ बाट यसअघि निर्वाचित प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारीमा अपेक्षित सुधार गर्न नसकेको दाबी गर्दै स्थानीय युवाहरू विदेशिन बाध्य भएको बताए।
उनले रास्वपाको चुनावी एजेन्डा प्रस्तुत गर्दै भने:सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण ,शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा ,कृषिमा आधुनिकीकरण र साना–मझौला उद्यम प्रवर्द्धन ,स्थानीय स्तरमै रोजगारी सिर्जना पूर्वाधार विकासमा तीव्रता शाक्यले मतदातालाई परिणाममुखी र जबाफदेही नेतृत्वका लागि RSP रोज्न आग्रह गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित