Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता रवि पाण्डेय गिरफ्तारपछि रिहा !

नवलपरासी ,२ फागुन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय शुक्रवार गिरफ्तार पछि रिहा भएका छ्न् । उनले ३१ औं जनयुद्व दिवस र निर्वाचन बहिष्कारको प्रचार गर्ने सिलसिलामा सदरमुकाम परासीको मुख्य बजार बुद्ध चोकमा बहिष्कारको आब्हान सहित कालो ब्यानर राख्ने नेतृत्व गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,नेकपा(बहुमत), बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित संयुक्त संघर्ष समिति नवलपरासीका संयोजक रहेका पाण्डेय जनयुद्धको समय देखि नै बिद्यार्थी आन्दोलनमा जोडिदै आएको पृष्ठभुमि रहेको जानकारहरु बताउछन ।

क्राकपा नेपालको बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका युवा नेता पाण्डेय यस अघि क्रान्तिकारी पत्रकार महासङ्घको जिल्ला, प्रदेश हुदै केन्द्रीय महासचिव भएर कार्यकाल समापन गरेका थिए । उनी दुई दशकको पत्रकारिता स्थगन गरेर २०७९ देखि तात्कालिन नेकपा(क्रान्तिकारी माओवादी)को जिल्ला सेक्रेटरी हुँदै नेकपा(बहुमत)को महत्वपूर्ण हिस्सा सङ्गपछि बनेको क्राकपा नेपाल र त्यस पछि नेकपा(मशाल) सङ्गको एकता पछि पनि दुबै एकताको बेला जिल्लाको नेतृत्व गर्ने मध्येका नेतामा पर्ने बताइएको छ ।

प्रगतिशील साहित्यकार एवं दुइ वटा पुस्तकका लेखक पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले गिरफ्तार गरेको थियो ।

कार्यक्रम सकेर होटलमा बसेको बेला पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छ्न । साझ अबेर उनी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्लास्तरका नेता प्रेम रिमालको रोहवरमा रिहा भएका छ्न् ।

रिहाई पछि बहिष्कारवादी दलका नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयको गेट र बुद्धचोकमा स्वागत गरे । स्वागतमा पाण्डेयले प्रहरी प्रशासनले बिचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु पर्ने बताउदै बहिस्कार आन्दोलनलाई थप ब्यवस्थित गर्दै नेतृत्व गर्ने प्रतिबद्धता जनाएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित