Rashtriya Dainik

१४ जिल्लाको मतपत्र छपाइ मात्रै बाँकी, तीन दिनमै सकिने तयारी

काठमाडौं ,२ फागुन

निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ । हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका करिब १ करोड ७१ लाखभन्दा बढी मतपत्र छापिइसकेको छ ।

जनक शिक्षा सामग्री केन्द्र (भक्तपुर) मा नियमित छपाइ भइरहेको छ भने अब काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मतपत्र मात्रै बाँकी रहेको आयोगले जनाएको छ । सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार तीन दिनभित्र सम्पूर्ण छपाइ सकिने अनुमान गरिएको छ ।

छापिएका मतपत्र प्याकिङ भइसकेको छ हालसम्म १५ हजारभन्दा बढी बाकस तयार भएका छन् । यसैबीच, आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु गरिसकेको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित