राष्ट्रिय दैनिक / नवलपरासी ,२ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का वरिष्ठ नेता बालेन्द्र साह आज फाल्गुन २ गते शनिबार नवलपरासीकाे विभिन्न स्थानमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्दैछन्।
रास्वपाका जिल्ला उपसभापति रबि पाण्डेयका अनुसार परासी चोक ४:२० बजे ,बेलासपुर ४:३० बजे ,गोपीगञ्ज ५:०० बजे बर्दघाट ५:१५ बजे नेता साहले आउनेभएका छन । त्यसपछि बासा चोक, भुमहि चोक र सुनवल चोक हुँदै बुटवलसम्म आफ्नो कार्यक्रम जारी राख्नेछन्।
उपसभापति पाण्डेयले कार्यक्रमको क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद हुने र समसामयिक मुद्दामा चर्चा हुने जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

