Rashtriya Dainik

बर्दघाट इन्लाइटेन्ड इङलिस स्कुल काे ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कृष्ण ढकाल/ नवलपरासी, १ फागुन

बर्दघाट–२, चिसापानीस्थित बर्दघाट इन्लाइटेन्ड इङलिस स्कुलको ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद कंडेलको अध्यक्षता तथा दिब्यज्योती बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख सागरमणि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी का प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ, बर्दघाट प्रेस क्लब का अध्यक्ष कुस्माकर ढकाल, समाजसेवी माया पौडेललगायतको उपस्थिति रहेको थियो।
विद्यालयकी शिक्षिका रस्मिता भण्डारी (अधिकारी)को सञ्चालन तथा विनिता पौडेल (कंडेल)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सागरमणि पाण्डेले विद्यालयको भौतिक सम्पन्नता र विद्यार्थी संख्याको वृद्धिभन्दा गुणस्तरीय शिक्षा नै सबैभन्दा महत्वपूर्ण हुने धारणा राख्नुभयो। समयसापेक्ष शिक्षण–सिकाइ र सीपयुक्त शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आवश्यक सहयोगका लागि आफू सदैव तत्पर रहेको बताउनुभयो।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले विद्यालयको विगत र वर्तमान अवस्थाको तुलना गर्दै प्रिन्सिपल ईश्वरी प्रसाद कंडेलको निरन्तर लगन र नेतृत्वका कारण विद्यालयले उल्लेखनीय प्रगति गरेको बताउनुभयो।
बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले शिक्षकहरू पढाउनेभन्दा सिकाउने प्रक्रियामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। घोकन्ते शिक्षाभन्दा सीप र ज्ञानमा आधारित शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाएकोमा विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो।


समाजसेवी माया पौडेलले विद्यालयले हरेक क्षेत्रमा प्रगति गरेको उल्लेख गर्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
वि.सं. २०५१ सालमा स्थापना भएको विद्यालयले ३१औँ वार्षिकोत्सवका अवसरमा विभिन्न जातजातिको पहिचान झल्कने सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो। साथै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित