Rashtriya Dainik

माओवादी उम्मेदवार राजु हरिजनको भेटघाट तीव्र, विभिन्न टोलमा प्रचारप्रसार समिति गठन

राष्ट्रिय दैनिक / नवलपरासी,२३ माघ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार राजु प्रसाद हरिजन ले चुनावी भेटघाट तथा जनसंवाद अभियानलाई तीव्रता दिनुभएको छ।
उम्मेदवार हरिजनले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर पार्टी संगठन विस्तार र चुनावी प्रचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

यसैक्रममा विभिन्न टोलमा प्रचारप्रसार समिति गठन गरिएको छ।गठित समितिहरूको अध्यक्षतामा प्रतापपुर गाउँपालिका–५ श्रीरामपुर : अध्यक्ष राजेन्द्र हरिजन ,सरावल गाउँपालिका–७ बुडन्तवापुर : अध्यक्ष गंगेत्री देवी हरिजन ,सरावल गाउँपालिका–७ भटवलिया : अध्यक्ष बिजय हरिजन ,प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा : अध्यक्ष रविन्द्र हरिजन रहनुभएकाे छ ।
उक्त समितिहरूले आगामी दिनमा घरदैलो अभियान,जनसम्पर्क, प्रचारप्रसार तथा चुनावी सन्देश जनतासम्म पुर्‍याउने जिम्मेवारी लिने जनाइएको छ।

भेटघाट कार्यक्रममा प्रचारप्रसार समिति सदस्य, पार्टी कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उम्मेदवार हरिजनले जनताको सुझाव र अपेक्षालाई आफ्नो चुनावी कार्ययोजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित