Rashtriya Dainik

पर्सा–४ मा एमालेलाई ठूलो झट्का ,सचिव केवटसहित ४०० भन्दा बढी रास्वपामा प्रवेश

राजन कुमार बानिया /पर्सा, २१ माघ

पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनलहर तीव्र बन्दै गएको छ। जगरनाथपुर गाउँपालिकामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी ४०० भन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका छन्।
रास्वपा जगरनाथपुर गाउँपालिका कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा जगरनाथपुर र धोबीनी गाउँपालिकासहित आसपासका क्षेत्रबाट आएका सयौँ मतदाता तथा कार्यकर्ताहरूले पुराना दल त्याग्दै रास्वपाको सदस्यता लिएका हुन्।
कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका एमाले कमिटी सचिव मनोज केवट, सन्तोष केवट, कनहिया महतो, राजा पटेल, मन्सी पटेल, कृष्ण पटेल, चन्द्रिका पटेललगायत उल्लेख्य नेताहरूको सहभागिता रहेको थियो।
पर्सा क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार टेकबहादुर शाक्यले पार्टी प्रवेश गर्ने सबैलाई फुलमाला र अबिर लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए।
पार्टी प्रवेश गर्नेहरूमा युवा, महिला, पुरुष, किशोर–किशोरी तथा बुद्धिजीवी नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विगतका दिनमा एउटै व्यक्तिलाई पुस्तौँदेखि मत दिँदा पनि अपेक्षित परिवर्तन नआएको भन्दै अब नयाँ राजनीतिक संस्कार र वास्तविक परिवर्तनका लागि रास्वपामा आबद्ध भएको बताएका छन्।
पर्सा–४ मा पछिल्लो समय विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूको लर्को लाग्न थालेको देखिन्छ, जसले आगामी निर्वाचनमा रास्वपाको प्रभाव झनै बढ्दै गएको संकेत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित