नवलपरासी,२२ बैशाख
सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने भएको हो। सोमबार आयोजित एक कार्यक्रमबीच सुनवल–५ मा अस्पताल भवनको शिलान्यास गरिएको छ।
कोभिड–१९ महामारीकै समयमा कम्पनी र सुनवल नगरपालिका बीच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो। निवर्तमान नगरप्रमुख भिमबहादुर थापाको कार्यकालमा सम्झौता भएको यस परियोजनाले अहिले मूर्त रूप लिन थालेको हो।
सोही महामारीका बेला कम्पनीले नगरपालिकालाई १७ वटा भेन्टिलेटर समेत उपलब्ध गराएको थियो।अस्पताल निर्माण पश्चात् ती उपकरणहरुको सर्भिसिङ गरि अस्पतालमा ब्यवस्थापन गरिदिने कम्पनीले जनाएको छ ।
लिफ्टसहितको तीनतले “सर्वोत्तम इमर्जेन्सी अस्पताल” करिब ४ करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ। निर्माणको सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नेछ। एक वर्षभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरिने कम्पनीका महाप्रबन्धक नेत्र प्रसाद घिमिरे ले जानकारी दिनुभयो।
अस्पताल बालमैत्री तथा अपाङ्गमैत्री ढाँचामा निर्माण गरिनेछ। निर्माणपछि आवश्यक सम्पूर्ण उपकरण उपलब्ध गराउने र सञ्चालन पश्चात् मर्मत–सम्भारको जिम्मेवारी समेत कम्पनीले लिने जनाइएको छ।
नगरप्रमुख बिमला अर्यालका अनुसार यसअघि जग्गा अभावका कारण परियोजना अघि बढ्न सकेको थिएन। अहिले नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया सुरु गरिएको हो।
अस्पताल निर्माणसँगै सुनवल क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

