राजन कुमार बानिया /पर्सा, १७ माघ नेकपा एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियालाई विजयी गराउन नेकपा एमालेका उपाध्यक्ष मनोज गुप्ता सक्रिय रूपमा चुनावी अभियानमा उत्रिएका छन्। गुप्ताले पार्टीको नीति, कार्यक्रम तथा विकासका उपलब्धिहरू जनस्तरसम्म पुर्याउँदै एमालेको पक्षमा जनसमर्थन जुटाउन तीव्र अभियान सञ्चालन गरिरहेका छन्। चुनावी अभियानका क्रममा आयोजित कार्यक्रमहरूमा बोल्दै नेता गुप्ताले जालिम मिया सक्षम, इमानदार तथा जनताको हितमा प्रतिबद्ध उम्मेदवार भएको बताए। उनले मियाको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर–४ को विकास, समृद्धि र स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले जनताको विश्वास र समर्थनले नेकपा एमाले अझ मजबुत बन्दै जाने उल्लेख गर्दै आगामी निर्वाचनमा एमाले उम्मेदवार जालिम मियालाई भारी मतले विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरे। गुप्ताले विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिन एमालेको विकल्प नरहेको धारणा समेत व्यक्त गरे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।