युवाको भरोसा र परिवर्तनको एजेन्डासहित शुशील साह कानुको घरदैलो

पर्सा | माघ १६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ का प्रतिनिधिसभा उम्मेदवार शुशील साह कानुले पर्सागढी नगरपालिका वडा नं.–१ स्थित कोईलाभार टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सार्नुभयो।
उहाँले पुरानो राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै नयाँ सोच, पारदर्शी शासन र जवाफदेही नेतृत्व आजको मुख्य आवश्यकता भएको बताउनुभयो।
कार्यक्रममा सहभागी युवाहरूले रोजगारीको अभाव, वैदेशिक पलायन, गुणस्तरीय शिक्षाको पहुँच र उद्यमशीलता विकास सम्बन्धी आफ्ना चासो तथा समस्याहरू राखेका थिए। त्यस अवसरमा उम्मेदवार कानुले युवाहरू नै परिवर्तनका मुख्य संवाहक भएको उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको सक्रिय सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सागढी नगरस्तरीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पर्सा निर्वाचन क्षेत्र नं.–२ मा रास्वपाप्रति जनसमर्थन क्रमशः बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
घरदैलो अभियानमार्फत मतदाता र नेताबीचको दूरी घट्दै गएको तथा स्थानीयस्तरमै राजनीतिक बहस र सहभागिता बढेको सहभागीहरूको भनाइ छ। रास्वपाले पर्सा जिल्लामा युवामैत्री, विकासमुखी र सुशासन केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot