पर्सा | माघ १६ पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित घरदैलो कार्यक्रम आज उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देखिएको जनसहभागिता, स्थानीयवासीको स्वतःस्फूर्त समर्थन र उर्लिएको जनसागरले छिपहरमाईको राजनीतिक माहोल थप तातेको देखिएको छ। घरदैलो अभियानका क्रममा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. कृपासिन्धु चौधरीलाई स्थानीय नागरिकहरूले खुलेर साथ, समर्थन र आशीर्वाद दिएका छन्। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट नारासहित चुनावी मैदानमा उत्रिएका चौधरीको विकासमुखी सोच, युवामैत्री दृष्टिकोण र व्यवहारिक योजनाको स्थानीयस्तरमै सकारात्मक कदर भइरहेको देखिएको छ। स्थानीयवासीसँगको प्रत्यक्ष संवादमा उम्मेदवार चौधरीले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विस्तार र सुशासनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। उनका यी एजेन्डाले विगतको निराशाजनक राजनीतिबाट दिक्क भएका मतदातामा नयाँ आशा जागेको स्थानीयहरूको प्रतिक्रिया छ। घरदैलो कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन चाहियो”, “पुरानै अनुहार होइन, नयाँ सोच र काम गर्ने प्रतिनिधि चाहियो” भन्दै चौधरीप्रति विश्वास व्यक्त गरेका छन्। यसले पर्सा–४ मा परिवर्तनको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएको संकेत देखिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा छिपहरमाई–४ मा देखिएको यो जनउत्साहले जसपा नेपाल र उम्मेदवार चौधरीको अवस्थालाई थप मजबुत बनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। बढ्दो जनसमर्थन र स्थानीयस्तरमा प्राप्त विश्वासका आधारमा यस निर्वाचनपछि पर्सा–४ को राजनीतिक तस्वीर फेरिने सम्भावना प्रबल बन्दै गएको देखिन्छ। घरदैलो कार्यक्रममा पूर्व मन्त्री (ऊर्जा, सिँचाइ तथा खानेपानी) माननीय सिंगासन साह कलवार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमाञ्चल कुशवाहा, रामसीश कुशवाहा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।