जहाँ पद होइन, सेवा बोल्छ: भीमबहादुर थापा (भरत) को राजनीति

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ माघ

राजनीति पदको दौड मात्र होइन, जिम्मेवारीको कसी पनि हो। यही कसीमा घोटिएर अघि बढेका पात्र हुन् — भीमबहादुर थापा (भरत)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थापा स्थानीय राजनीतिमा परीक्षण भइसकेको नाम हुन्।

संघीयता कार्यान्वयनसँगै शून्य अवस्थाबाट जन्मिएको सुनवल नगरपालिकाको नेतृत्व सम्हाल्नु सजिलो जिम्मेवारी थिएन। तर संस्थापक नगर प्रमुखका रूपमा थापाले प्रशासनिक संरचना मात्रै बनाएनन्, विकासको दिशानिर्देश पनि कोरे। नगरको जग बसाल्ने त्यो भूमिकाले उनलाई ‘निर्णय गर्न सक्ने नेता’ को पहिचान दियो।
थापाको नेतृत्व शैली अरूभन्दा फरक रह्यो। पाँच वर्षे कार्यकालमा उनले सरकारी गाडी, तलब–भत्ता र सुविधा त्यागे। निजी साधनमै जनताको घर–घर पुगेर सेवा गरे। पदलाई लाभको साधन बनाउने परम्परामाथि प्रश्न उठाउँदै उनले सुशासनको अभ्यास गरे, जुन कुरा आज पनि सुनवलमा चर्चा हुने विषय हो।
कोभिड–१९ महामारी जनताको जीवनमाथि ठूलो संकट बनेको बेला थापाको नेतृत्व अझ प्रस्ट देखियो। जिल्लामै पहिलोपटक प्रभावकारी उपचार केन्द्र सञ्चालनमा ल्याएर धेरै नागरिकको ज्यान जोगाउन उनले खेलेको भूमिका आज स्थानीयका लागि केवल सम्झना होइन, भरोसाको आधार बनेको छ।

राजनीतिसँगै आर्थिक क्षेत्रको अनुभव पनि थापाको अर्को बलियो पक्ष हो। उद्योग वाणिज्य संघ नवलपरासीको पूर्व अध्यक्षका रूपमा उनले निजी क्षेत्रको आवाज मात्रै उठाएनन्, लगानी भित्र्याउने वातावरण बनाउन र साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न सक्रिय भूमिका खेले। यही कारण उनी युवा र व्यवसायी समुदायमा विश्वासिलो नामका रूपमा स्थापित छन्।
यसपटक थापाले ‘भौतिक विकास र आर्थिक रूपान्तरण’लाई चुनावी नारा मात्र होइन, प्रतिबद्धताका रूपमा अघि सारेका छन्। क्षेत्र नं. २ भित्रका रणनीतिक सडकको स्तरोन्नति, कृषि बजार र शीतभण्डार निर्माण, व्यवस्थित सहरीकरण, औद्योगिक वातावरण सिर्जना गरी स्थानीय स्तरमै रोजगारी र शिक्षा–स्वास्थ्य पूर्वाधारमा सुधार उनका प्रमुख प्राथमिकता हुन्।

मिलनसार स्वभाव, स्पष्ट बोली र काम गरेर देखाउने शैलीका कारण थापाको उम्मेदवारीले विशेषगरी युवा मतदातामा नयाँ ऊर्जा थपेको कांग्रेसको दाबी छ। थापा स्वयं भन्छन्—
“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। यही विश्वासको आधारमा क्षेत्र नं. २ लाई विकासको नमूना बनाउने मेरो अठोट छ।”
सुशासनबाट सुरु भएको उनको राजनीतिक यात्रा अब संसदतर्फ मोडिएको छ। फागुन २१ को मतपेटिकाले यो यात्रालाई कस्तो दिशा दिने हो, त्यो भने मतदाताको हातमा छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot