Rashtriya Dainik

मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

चितवन, १६ माघ

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रुबाहक बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ः१० बजे ‘घुमाउने’ भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनापछि प्रहरीले तत्काल उद्धार कार्य गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा पठाएको छ। प्रहरीका अनुसार मौलाकालिका अस्पताल, भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेजमा १३ जना, नयाँ मेडिकल कलेजमा चार जना तथा जनता केयर अस्पताल, मुग्लिनमा छ जना घाइतेको उपचार भइरहेको छ।

बस दुर्घटनापछि केही समय अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड हाल सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित