राजन कुमार बानिया पर्सा १५ माघ पर्सा निर्वाचन क्षेत्र न-४ अन्तर्गत पर्ने छिपहरमाई गाउँपालिका-३ जयमंगलापुर क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल द्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।घरदैलो अभियानका क्रममा जनता समाजबादी पार्टी नेपाल पर्सा–४ का तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा.कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित जसपा नेपालका नेता–कार्यकर्ताहरू स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ। कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे। स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो। जसपा नेपालले आगामी दिनहरूमा पर्सा–४ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। घरदैलो कार्यक्रममा पुर्व मन्त्री उर्जा सिचाइ तथा खानेपानी मन्त्रालय मा.सिंगासन साह कलकार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह,हिमान्चल कुश्वाहा, रामसीश कुशवाहा लगाएत धेरै जना पार्टीका कजकर्ताहरुको सहभागी रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।