प्रथम स्ववियु कप अन्तर–क्याम्पस स्तरीय भलिबल प्रतियोगिता सुरु

सुरेश यादव | नवलपरासी ,माघ १५

पश्चिम नवलपरासीको पहिलो क्याम्पसका रूपमा चिनिने पाल्ही बहुमुखी क्याम्पस, रामग्राम–४ जितपुरको खेलमैदानमा प्रथम स्ववियु कप अन्तर–क्याम्पस स्तरीय भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ।


पाल्ही बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा तथा रामग्राम नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो। स्ववियु सभापति निरजप्रसाद धवलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रामग्राम–४ का वडाध्यक्ष मदन यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।


कार्यक्रममा पाल्ही क्याम्पसका प्राध्यापक केशव भट्टराई, त्रिभुवन क्याम्पस बेलाटारीका स्ववियु सभापति आदित्य पाल, पत्रकार सुरेश यादव, पूर्व स्ववियु सभापति बृजनन्दन कुर्मी, स्ववियु सचिव रिता कुमारी हरिजन लगायतले खेलकुदले विद्यार्थीबीच आपसी सद्भाव, अनुशासन र नेतृत्व विकासमा योगदान दिने बताएका थिए।
कार्यक्रमको सञ्चालन प्रिंका कुमारी हरिजनले गर्नु भएको थियो।
प्रतियोगितामा पाल्ही बहुमुखी क्याम्पस (A) र (B) टिमसहित महाकवि देवकोटा क्याम्पस, मोतिलाल क्याम्पस, त्रिभुवन क्याम्पस र दिव्यज्योति क्याम्पस गरी जम्मा ६ वटा क्याम्पसको सहभागिता रहेको छ।


आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार, मेडल, कप र प्रमाणपत्र ,द्वितीय हुने टिमलाई नगद १० हजार, मेडल, कप र प्रमाणपत्र तथा तृतीय हुने टिमलाई नगद ५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot