तरुण सहसचिव सुरज भट्टराईको कडा प्रश्न : बिनोद चौधरीले ३ वर्षमा के उपलब्धि देखाए?

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ माघ

नेपाली कांग्रेसका युवा नेता तथा नवलपरासी तरुण दलका सहसचिव सुरज भट्टराईले कांग्रेसभित्र प्रश्न गर्ने संस्कार अझै मरेको छैन भन्दै नेतृत्व र संगठनप्रति गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै भट्टराईले नयाँ संरचना र सभापति गगनकुमार थापालाई बधाई तथा शुभकामना दिँदै परिवर्तनप्रति आशा व्यक्त गरेका छन्। उनले आफू देशबाहिर रहेकाले निर्वाचन प्रक्रियामा प्रत्यक्ष सहभागी हुन नसकेकोमा क्षमायाचना समेत गरेका छन्।

भट्टराईले कांग्रेसभित्रै केही नेता–कार्यकर्ता अन्य दलतर्फ आकर्षित हुनुको कारण गहिरो समीक्षा गर्नुपर्ने बताएका छन्। उनले लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललगायत थुप्रै युवाहरू किन कांग्रेसबाट विचलित भए भन्ने प्रश्न उठाउँदै, “हाम्रो संगठन यति बलियो हुँदाहुँदै पनि किन साथ छाड्ने अवस्था आयो?” भनी प्रश्न गरेका छन्।

नवलपरासी क्षेत्रमा विगतको निर्वाचन सन्दर्भ उल्लेख गर्दै उनले विनोद चौधरीप्रति सम्मान व्यक्त गरे पनि पछिल्लो तीन वर्षको कार्यकाल र विकासका उपलब्धिबारे समीक्षा आवश्यक भएको बताएका छन्। “घोषणापत्र अनुसार काम भयो कि भएन, अब यसको उत्तर खोजिनुपर्छ,” भट्टराईको भनाइ छ।

उनले कांग्रेसभित्र अवसर केही सीमित व्यक्तिमा मात्र केन्द्रित भएको आरोप लगाउँदै संगठन निर्माणमा दशकौं योगदान दिएका स्थानीय नेताहरू सधैँ उपेक्षित हुनुपर्ने हो कि भन्ने गम्भीर प्रश्न उठाएका छन्। “के अब पनि हामी परिवारवाद र अवसरवादमै अड्किने हो?” भन्दै उनले नेतृत्वको मानसिकता परिवर्तन आवश्यक रहेको बताएका छन्।
भट्टराईले कांग्रेस सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकाले पैसाको बलमा होइन, विचार र संघर्षबाट नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

तरुण सहसचिव सुरज भट्टराईले सामाजिक सन्जालमा लेखेका स्टाटस जस्ताको त्यस्तै

आदरणीय नेता कार्यकर्ता साथीहरू,
जय नेपाल,

म एक कांग्रेसी केटो, नवलपरासी तरूण दलको सहसचिव साथै कांग्रेस संगठन विस्तारमा तपाईहरू सँगै हरसमय हातेमालो गर्दै हिडेको एक तरूण ।
आज कांग्रेसमा परिवर्तन आएको छ सायद तपाई जत्तीकै खुसी म पनि भएको छु । हामीले नयाँ संचरना सहितको सभापति पाएका छौ ।
आदरणीय सभापति गगन कुमार थापालाई बधाई सहित शुभकामना व्यक्त गर्न म कत्ति पनि हिच्किचाउदिन ।

साथीहरू,
धेरै साथीहरू अहिले निर्वाचनमा लागिराख्नु भएको छ । म जागिरको शिलशिलामा देश बाहिर भएको कारणले पार्टिको यस पर्वमा उपस्थित हुन सकिरहेको छैन, त्यसको लागी क्षमा प्राथी छु ।

मैले आदरणीय नेता तथा साथीहरूको सामाजिक संजाल पोष्टहरू पढिरहेको छु, कतिपय कुराहरू सकारात्मक रूपमा लिएको छु भने कतिपय कुराहरूमा मेरा पनि प्रश्नहरू छन्, किनकी कांग्रेस भित्र प्रश्न गर्न पाउनुपर्छ भनेरै हामीले नया सभापति चयन गरेका छौ।

आदरणीय साथीहरू,
कतिपय साथीहरूले रास्वपाका उमेदवारको विषयमा लेखेको देख्छु, उहालाइ अवसरवादि केके भनेर, उहाँ अब हामी बाट निस्किसक्नु भएको छ, रास्वपा हाम्रो संगठन भित्र पर्दैन हामी हाम्रो संगठनमा ध्यान केन्द्रित गरौ भन्ने मेरो चाहाना हो ।
तर, हाम्रो संगठन यति वलियो हुदा हुदै किन कतिपय नेता कार्यकर्ताहरू छाडेर जान्छन त? लुम्विनी प्रदेशका महामन्त्री समेत भएसक्नु भएका विक्रम खनाल मात्र हैन अरू धेरै युवाहरू किन विचलित हुदै छन त हाम्रो संगठनबाट, यसमा हामीले बुझ्नु पर्ने होईनर्?
म २०७९ सालमा आदरणीय नेता विनोद चौधरीसँग रहेर काम गरेको थिए उहाँलाई जिताउन मैले पनि हरकदम प्रयास गरेको थिए, उहाँ सजिलै विजय पनि हुनुभो ।
उहाप्रति मेरो सम्मान छ र रहिरहनेछ ।
त्यतिखेरको अवस्था अर्कै थियो, उहाँ दुइपटक समानुपातिक बस्न मिल्ने थिएन होला अनि नवलपुरमा विपि पुत्र उठेको कारणले यस क्षेत्रमा आउन परेको भनेर निस्वार्थ भएर निर्वाचनमा उहाँ जिताउन लागेकै हो ।

तर अहिले अवस्था त्यस्तो देख्दिन म, उहाँ समानुपातिक बस्न मिल्ने थियो अनि नवलपुर पनि यतिखेर खाली क्षेत्र थियो उहाँ को लागी । के उहाँ विकासकै लागी आउनुभएको भए, गएको ३ वर्षमा उहाले घोषणा पत्रमा लेखिएअनुसार काम गर्न सक्नु भयो कि भएन? यस प्रश्नको उत्तर अब हामीले खोज्नु पर्छ ।
के अब यसक्षेत्रको विकासको लागी उहाले आफुबाट मात्र सम्भव भएको ठान्नुहुन्छ? के यहाँका अरू कांग्रेसका नेताहरूमा त्यो क्षमता नभएकै होत?
मैले कांग्रेस बुझ्दा नेता मानेका नेताहरू सधै अवसरविना बसिराख्नु पर्ने हो त? यस क्षेत्रमा संगठन विस्तारमा खटिएका नेताहरूलाई हामीले अब कहिल्यै प्रतिनिधि रूपमा देख्न नपाउने होत ? उहाँ पछि फेरी उहाँको परिवारवाद मानिरहनु पर्ने हो? तपाई हामीले अवसर नपाउने नै हो त?
यहाँ राणा, पञ्चायत हुदै बहुदल र गणतन्त्र आन्दोलनमा कांग्रेसका झोला बोकेर हिडेका नेताहरू, सन्तु जी, विश्वप्रेम पाठक, मुकुल जी, लाल बहादुर गुरूङ, कमला तिवारी, शम्भु अंकल, दामोदर दाई, ग्रिस चौधरी, उमेश दाई, कुलदिपदाई, सुकदाई, भिमकाजीदाई, लाल बहादुर अधिकारी, वेदविना तिवारी लगायत थुप्रै नेता कार्यकर्ताहरू अब साच्चै नै अवसरबाट बञ्चित हुनु पर्ने हो? कि सधै वडा, नगरको जिम्मा मात्र यहाहरूको हो?
के अबको घोषणापत्रमा उहाले मेरो अन्तिमपटक लेख्न सक्नु हुन्छ त?
यस्ता प्रश्नहरू मेरो मानसपटलमा घुमिरहेका छन् ।

कांग्रेसमा प्रश्न मरेको छैन, बाले वा दाईले नबोल भन्दै गर्दा नबोल्ने कांग्रेस हुदै होईनन ।
तपाई हामीलाई सर्वहारा वर्गको प्रतिनित्व गर्ने र हाम्रा आवाज केन्द्रसम्म पुर्याउने नेता चाहिएको छ, नाकि धनकै बलमा कसैलाई बनाउन त कसैलाई सक्काउने नेता होईन ।
यति प्रश्नको उत्तर दिने प्रयास गर्नु होला,
अनि बल्ल,
भोट हालिन्छ
नत्र खेर फालिन्छ ।

जय नेपाल
उहि तपाईहरूकै कांग्रेसी केटो 🙏
सुरज भट्टराई

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot