बर्दघाट एक्सपोमा आज रमेशराज भट्टराईसहितका चर्चित कलाकारहरूको प्रस्तुति हुने

प्रकाश न्यौपाने / नवलपरासी ,माघ १५ गते

उद्योग व्यापार संघ बर्दघाटद्वारा आयोजना गरिएको प्रथम बर्दघाट एक्सपो–२०८२ मा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ । माघ १३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने एक्सपोको सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त गायक–गायिकाहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

एक्सपोमा लोकप्रिय गायक रमेशराज भट्टराई प्रमुख आकर्षणका रूपमा आज बिहीबार प्रस्तुति दिन आउने भएका छन् । उनका चर्चित गीतहरूले दर्शकलाई झुमाउने आयोजकको अपेक्षा छ । त्यसैगरी गायिका लक्ष्मी बराल, गायक डोलराज न्यौपाने, उदयमान गायक दिपु मगर तथा गायक दिपक दलामी ले पनि आ–आफ्ना प्रस्तुति दिने कार्यक्रम रहेको सास्कृतिक सयोजक मोहन सापकोटाले जानकारी दिनु भयो ।

सांस्कृतिक कार्यक्रमलाई थप रंगीन बनाउन JDC डान्स स्टुडियो तथा अन्य स्थानीय कलाकारहरूको नृत्य र सांगीतिक प्रस्तुति पनि समावेश गरिने आयोजकले जनाएको छ । स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थानीय कलाकारहरूलाई पनि विशेष प्राथमिकता दिइएको संघका उपाध्यक्ष लिलाहरी पौडेल( राजु )ले उल्लेख गर्नु भयो ।
‘स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार’ भन्ने नारासहित आयोजना गरिएको एक्सपोमा सांस्कृतिक कार्यक्रमसँगै लन्डन ब्रिज, आइफल टावरको प्रतिकृति, जलपरीको अवलोकन, व्यावसायिक स्टल तथा बाल उद्यान जस्ता आकर्षणहरू रहेको बरिस्ठ उपाध्यक्ष दिनेश न्यौपानेले बताउनु भयो ।

बर्दघाट नगरपालिका संरक्षणमा तथा उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा सञ्चालन भइरहेको एक्सपोले स्थानीय अर्थतन्त्र, पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई टेवा पुग्ने विश्वास लिइएको संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot