राजन कुमार बानिया /पर्सा, १४ माघ पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने छिपहरमाई क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य सहभागितासहित सम्पन्न कार्यक्रममा परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको सन्देश प्रवाह भएको छ। घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित स्थानीय बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले अब भाषणभन्दा व्यवहारिक काम गर्ने, पारदर्शी र जवाफदेही नेतृत्वको आवश्यकता रहेको धारणा व्यक्त गरे। घरदैलो कार्यक्रममा बोल्दै जसपा नेपालका नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीका प्रमुख एजेन्डा रहेको उल्लेख गरे। साथै स्थानीय समस्याको पहिचान गरी तिनको समाधानका लागि संसददेखि सडकसम्म सशक्त रूपमा आवाज उठाइने प्रतिबद्धता पनि जनाइएको थियो। जसपा नेपालले आगामी दिनहरूमा पर्सा–४ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। घरदैलो कार्यक्रममा पूर्व ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री मा. सिंगासन साह कलवार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमान्चल कुश्वाहा, रामसीश कुशवाहालगायत पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।