पर्सा | १४ माघ
कालिकामाई गाउँपालिकाको राजनीतिमा युवाको आवाज दिनानुदिन झनै बुलन्द बन्दै गएको छ। स्थानीय युवाहरूले अब भाषणमा होइन, साहस र काम गरेर देखाउने नेतृत्व मा भरोसा गर्न चाहेको स्पष्ट संकेत दिएका छन्।
युवाहरू भन्छन्—
“हामीलाई भाषण होइन, साहस चाहिएको थियो। राजनीश कुशवाहा त्यो साहसको नाम हो।”
राजनीतिक विश्लेषकहरूका अनुसार Gen-Z को सशक्त प्रतिनिधित्व, स्पष्ट एजेन्डा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र ground-level activism का कारण राजनीश कुशवाहा परम्परागत राजनीतिका लागि चुनौती र युवाहरूका लागि एक बलियो विकल्प का रूपमा उदाउँदै गएका छन्।
युवामाझ उठिरहेको प्रश्न पनि स्पष्ट छ—
पुरानै अनुहार, पुरानै बहाना
कि युवाको साहस, युवाकै सरकार?
राजनीश कुशवाहाको औपचारिक राजनीतिक घोषणा नजिकिँदै जाँदा कालिकामाईको राजनीतिक माहोलमा नयाँ तरंग, नयाँ बहस र नयाँ आशा को संकेत देखिन थालेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

