Rashtriya Dainik

नवलपरासी–२ : शिक्षा, स्वास्थ्य, पूर्वाधार र पारदर्शितामा थापाको संकल्प

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ माघ

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भीमबहादुर थापा (भरत) ले सुनवल नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियान सुरु गर्नुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै थापाको नेतृत्वमा कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू सहित घरदैलो अभियानलाई तीव्र बनाइएको हो। अभियानका क्रममा थापा जनताको घर–घरमा पुगेर प्रत्यक्ष भेटघाट गर्दै आशीर्वाद लिँदै समर्थन मागिरहेका छन्।

घरदैलोका क्रममा थापाले आफ्नो चुनावी प्रतिबद्धता स्पष्ट पार्दै शिक्षा र स्वास्थ्य, पूर्वाधार विकास, आर्थिक सुधार, सुशासन र पारदर्शितालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।
उहाँले स्थानीयस्तरमै गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा, शुद्ध खानेपानी, दिगो विकास निर्माण, रोजगारी सिर्जना तथा सार्वजनिक स्रोतको पारदर्शी उपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

थापाले निर्वाचन मितिसम्म घरदैलो अभियानलाई निरन्तरता दिने बताउँदै जनताको सुझाव, गुनासा र अपेक्षालाई आफ्नो चुनावी एजेन्डामा समेटिने उल्लेख गर्नुभएको छ।

घरदैलो अभियानकै क्रममा थापाले निर्वाचन क्षेत्र नं. २ का मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गरी विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ।
स्थानीय मतदातासँग प्रत्यक्ष संवाद, विकासको स्पष्ट दृष्टिकोण र अनुभवी नेतृत्वको दाबी सहित थापाको घरदैलो अभियानले निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल थप तातेको देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित