नवलपरासी १ मा काङ्ग्रेसको चुनाव प्रचार प्रसार समिति विस्तार

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ। नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उम्मेदवार बनाएको छ ।

सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी
क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रिय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।

समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर-दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रिय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप-समितिहरू गठन गरिनेछ। उम्मेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ ।

“हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौँ। हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ।” समितिका संयोजक आचार्यले बताए ।

नेका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति बिक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले काङ्ग्रेस उम्मेदवारलाई जिताउन सबै एकवद्द भएर लाग्नु पर्ने बताए ।

यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यसपटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot