बर्दघाट एक्सपोको तयारी अन्तिम चरणमा, उद्द्घाटनका लागी केन्द्रिय अध्यक्ष आउने 

प्रकाश न्यौपाने / नवलपरासी ,माघ १२ गते

उद्योग व्यापार संघ बर्दघाटद्वारा आगामी माघ १३ गतेदेखि सञ्चालन हुन लागेको ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उद्योग, व्यापार, शिक्षा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्सपो उद्घाटनका अवसरमा झाकीसहितको भव्य र्‍याली आयोजना गरिने संघले जनाएको छ ।

नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यतामा एक्सपो उद्घाटन कार्यक्रम हुने भएको छ । कार्यक्रममा महासंघका महासचिव खिमनारायण पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकायलगायतको विशेष उपस्थिति रहनेछ अध्यक्ष राजु न्यौपानेले जानकारी दिनु भयो । उद्घाटन दिन बर्दघाट नगरका टोल विकास संस्था, आमा समूह, विद्यालय तथा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा झाकीसहितको र्‍याली निकालिने न्यौपानेले उल्लेख गर्नु भयो ।  र्‍यालीमा बान्चे बाजा, लाखे नाच, भजन झाकी, विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा विविध मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संघले जानकारी दिएको छ ।

 संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले विद्यार्थीहरूका लागि प्रवेश टिकटमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिँदै, विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । स्थानीय उत्पादन, उद्योग, व्यापार, शिक्षा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको बर्दघाट एक्सपो नगरकै ऐतिहासिक उपलब्धि हुने अपेक्षा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot