Rashtriya Dainik

नवलपरासी–१ मा आचारसंहिता उल्लंघनको आरोप, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ माघ

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोपसहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ।

मिति २०८२/१०/१२ मा कार्यालय प्रमुखलाई सम्बोधन गर्दै दर्ता गरिएको निवेदनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनाल तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको उल्लेख गरिएको छ।

निवेदनमा २५ जनाभन्दा बढी व्यक्तिको उपस्थिति, बाजागाजा प्रयोग, ब्यानर तथा पार्टीको चुनाव चिह्नसहित प्रदर्शन गरिएको जनाउँदै यसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको दाबी गरिएको छ।
उजुरीकर्ताहरूले उक्त गतिविधिको प्रमाणका रूपमा सामाजिक सञ्जालमा रहेका भिडियो तथा फोटोहरू समेत संलग्न गरिएको बताएका छन्। उनीहरूले तत्काल अनुगमन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

उजुरीमा श्रम संस्कृति पार्टीका जिल्ला संयोजक रामचन्द्र चौधरी प्रमुख निवेदकका रूपमा रहेका छन्। साथै राजु हरिजन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवार होमबहादुर सुनार सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समर्थन उल्लेख गरिएको छ।

यस विषयमा निर्वाचन अधिकृतको कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित