Rashtriya Dainik

राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल, ९ सिट थप्दै २५ पुग्यो

काठमाडौँ ,१२ माघ

नेपाली कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ। यसअघि दोस्रो स्थानमा रहेको कांग्रेसले आइतबार सम्पन्न निर्वाचनबाट ९ सिट थप्दै कुल २५ सिटसहित पहिलो स्थानमा उक्लिएको हो।

यसअघि कांग्रेसका राष्ट्रिय सभामा १६ सांसद थिए। पछिल्लो परिणामसँगै उसले स्पष्ट अग्रता लिएको छ।

पहिले पहिलो दलका रूपमा रहेको तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) १८ सिटसहित दोस्रो स्थानमा झरेको छ। नेकपा एमालेले निर्वाचनमा ८ सिट जिते पनि अघिल्लो संरचना अनुसार कुल ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ।

१८ पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएको थियो। तालमेलअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका छन्।

संविधानअनुसार राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। हाल राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपासँगै जसपा नेपालका ३ तथा राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित