बर्दघाट एक्सपोमा आउने दर्शकलाई अटो भाडामा २० प्रतिशतसम्म छुट हुने

प्रकाश न्यौपाने / नवलपरासी ,माघ ११ गते

उद्योग व्यापार संघ बर्दघाटद्वारा आगामी माघ १३ गतेदेखि सञ्चालन हुन लागेको ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ मा आउने दर्शकहरुलाई २० प्रतिशतसम्म छुट हुने भएको छ संघ र अटोरिक्सा व्यवसायीहरुमो अन्तरकृयामा
अटो व्यवसायीहरुले वर्दघाट एक्सपोलाई सहयोग गर्ने र एक्सपो हेर्न आउने दर्शकलाई छुट दिने प्रतिवद्दता व्यक्त गरेका हुन ।

उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक्सपोका संघका पदाधिकारी तथा कार्यसमिति र अटोरिक्सा व्यवसायीहरूको सहभागितामा अन्तरक्रिया भएको थियो ।

संघको सभाहलमा आयोजित अन्तरक्रियामा अटोरिक्सा व्यवसायीहरूले एक्सपो अवधि भर एक्सपो हेर्न आउने दर्शकहरुलाइ भाडामा सेवा दिने बताएका छन । व्यवसायीहरूका अनुसार हाल न्यूनतम भाडा ३० रुपैयाँ लिइँदै आएकोमा एक्सपो अवधिभर २५ रुपैयाँ मात्रै लिइनेछ । त्यस्तै, ५० रुपैयाँ भाडा लाग्ने स्थानसम्म ४० रुपैयाँ मात्र लिने तथा ७० रुपैयाँभन्दा बढी भाडा लाग्ने गन्तव्यका लागि २० रुपैयाँसम्म छुट दिने निर्णय गरिएको छ ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले अटोरिक्सा व्यवसायीहरूको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै एक्सपो अवधिमा अटोरिक्सा पार्किङ तथा ट्राफिक व्यवस्थापनमा संघले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त सहकार्यले एक्सपोमा सहभागी दर्शक तथा उपभोक्तालाई सहज आवत–जावतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot