बर्दघाट एक्सपोमा हुने शैक्षिक गतिविधिमा विद्यालयको साथ रहने

प्रकाश न्यौपाने / नवलपरासी ,माघ ११ गते

उद्योग व्यापार संघ बर्दघाटद्वारा आगामी माघ १३ गतेदेखि सञ्चालन हुन लागेको ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ को सन्दर्भमा बर्दघाट नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयकाको साथ रहने भएको छ । संघले विद्यालयका प्रधानाध्यापकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै विद्यालयका प्रअले एक्सपोमा विद्यालयको सक्रिय सहभागी र साथ हुने बताएक हुनु ।

उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा संघको सभाहलमा सम्पन्न कार्यक्रममा एक्सपोका सांस्कृतिक तथा गोष्ठी–सेमिनार संयोजक मोहन सापकोटा, बर्दघाट नगरपालिका शिक्षा शाखा अधिकृत धनपति पौडेल तथा नगरका निजी र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूले बर्दघाट नगरमै पहिलोपटक आयोजना हुन लागेको शैक्षिक गतिविधिसहितको एक्सपोमा विद्यालयको तर्फबाट पूर्ण साथ र सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालय लक्षित गरी आयोजना गरिने डान्स आइडल, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनीलगायतका विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू सफल बनाउन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ।

बर्दघाट नगरपालिका शिक्षा शाखा अधिकृत धनपति पौडेलले शिक्षा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गर्न शिक्षा शाखाको तर्फबाट आवश्यक समन्वय र पहल गरिने बताउँदै शैक्षिक गतिविधिलाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले एक्सपोअन्तर्गत विज्ञान प्रदर्शनी प्रतियोगिता, ‘स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता तथा विद्यालयस्तरीय डान्स आइडल आयोजना गरिने जानकारी दिनुभयो।

संघले विद्यार्थीहरूका लागि एक्सपो प्रवेश टिकटमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिदै संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले विद्यार्थीका रचनात्मक र सिर्जनात्मक सीप र कलालाई समेत समेट्ने तयारी रहेको उल्लेख गर्नु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot