बर्दघाटमा कुष्ठरोग दिवसको अवसरमा प्ले कार्डसहित सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रकाश न्यौपाने / नवलपरासी ,माघ ११ गते

पश्चिम नवलपरासीको बर्दघाटमा ७३ औँ कुष्ठरोग दिवसको अवसरमा “कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने नाराका साथ बर्दघाट नगरको आयोजनामा तथा द लेप्रोसी मिसनको सहयोगमा पञ्चनगर स्वास्थ्य चौकीमा कुष्ठरोग दिवस मनाइएको छ ।

पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं बर्दघाट नगरपालिका–९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा कुष्ठरोगबारे जनचेतना फैलाउने उद्देश्यले र्‍याली तथा प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो भने सहभागीहरूले कुष्ठरोग उपचारयोग्य र समयमै औषधि सेवन गरेमा पूर्ण रूपमा निको हुने रोग भएको सन्देश दिएका थिए । स्वास्थ्यकर्मीका अनुसार कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो जसले मुख्यतया छाला, स्नायु तथा आँखामा असर पुर्‍याउने र ढिलो उपचार भएमा हातखुट्टा सुन्निने, संवेदना हराउने तथा अपाङ्गता समेत निम्त्याउन सक्ने जोखिम रहन्छ । तर बहुऔषधि उपचार (एमडिटी) को नियमित र पूरा मात्रा सेवन गरेमा रोग पूर्ण रूपमा निको हुने, संक्रमण अरूमा नफैलिने तथा सामान्य जीवनयापन गर्न सकिने बताइएको छ ।

कार्यक्रममा वक्ताहरूले कुष्ठरोग आफैंभन्दा पनि कुष्ठरोगीप्रति समाजमा अझै विद्यमान लाञ्छना, विभेद र गलत धारणा नै सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै प्रारम्भिक पहिचान, समयमै उपचार, समुदायस्तरमा निरन्तर जनचेतना अभियान, जोखिम समूहको नियमित स्वास्थ्य परीक्षण तथा सामाजिक समावेशीकरणमार्फत कुष्ठरोग अन्त्य सम्भव हुनेमा जोड दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot