अनुभव र विकासको आधारमा जनमत जित्ने दाबी गर्दै थापा मैदानमा

अनिल बनिया / नवलपरासी, माघ ११

नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार भीमबहादुर थापा क्षेत्रीले आगामी निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण, पार्टी एकता र जनताको आवाज संसदसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार थापाले सुनवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र कुनै किसिमको विवाद नरहेको स्पष्ट पार्दै सबै नेता तथा कार्यकर्ता चारतारे झण्डा र रुख चिन्हमुनि एकताबद्ध भइसकेको बताउनुभयो।
सुनवल नगरपालिकाको नगरप्रमुखका रूपमा आफ्नो कार्यकालमा हासिल गरेको अनुभव र निस्वार्थ सेवाको आधारमा जनताको विश्वास जित्ने दाबी गर्दै उहाँले निर्वाचित भए महेशपुर भन्सारलाई मिनी सुख्खा बन्दरगाहका रूपमा विकास गर्नु प्राथमिकतामा रहने जानकारी दिनुभयो। उक्त योजनाले व्यापार व्यवस्थापन, राजस्व वृद्धि तथा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने उहाँको भनाइ छ।
अन्त्यमा थापाले लोकतन्त्र, विकास र राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेसलाई मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot