बर्दघाट खानेपानीद्वारा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न

प्रकाश न्यौपाने /नवलपरासी ११ माघ

पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताहरूका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दीपक लम्सालले उपभोक्तालाई सफा र स्वच्छ पानीको उपभोगप्रति सचेत गराउन समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले क्लोरिन प्रयोगका कारण कहिलेकाहीँ पानीमा गन्ध आउन सक्ने उल्लेख गर्दै पानी चुहावट वा अन्य समस्या देखिएमा तुरुन्तै संस्थालाई जानकारी गराउन आग्रह गर्नुभयो। प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउने भएकाले वृक्षारोपणमार्फत पानीका मुहान संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संस्थाको कार्यक्षेत्रभित्र रहेका ज्ञानज्योती आमा समूह र नवकालिका टोल विकास संस्थाका करिब ५५ जना आमा समूहका सदस्यहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा खानेपानीको स्वच्छता, सुरक्षा तथा वातावरणीय सरसफाइका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाले संस्थाको मुख्य उद्देश्य ‘मुहानदेखि मुखसम्म शुद्ध पानी पुर्‍याउनु’ रहेको बताउनुभयो। पानीको शुद्धता आँखाले हेरेर मात्रै थाहा नपाइने उल्लेख गर्दै उहाँले घरको धारामा कपडा नबाध्न उपभोक्तालाई आग्रह गर्नुभयो। “धारामा बाँधिएको भिजेको कपडामा स्वास्थ्यका लागि हानिकारक जीवाणु पैदा हुन सक्छन्, जसले पानी दूषित बनाउँछ,” उहाँले भन्नुभयो। हाल संस्थाले ७ वटा मुहान प्रयोग गरी पानी वितरण गरिरहेको र २०६८ सालदेखि खानेपानी सुरक्षा योजना लागू गर्दै आएको जानकारी दिनुभयो।
संस्थाका सचिव शोभाकान्त कोइरालाले ‘शून्य फोहोर अभियान’ सञ्चालन भइरहेको जानकारी दिँदै प्लास्टिकजन्य फोहोर घरमै व्यवस्थापन गर्न र वरपरको वातावरण सफा राख्न आग्रह गर्नुभयो। प्लास्टिक जलाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने उहाँले चेतावनी दिनुभयो।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले उपभोक्ता सचेत भएमा संस्थाको कार्यसम्पादन अझ प्रभावकारी हुने बताउँदै उपभोक्ताका सुझावकै आधारमा संस्था अघि बढ्ने धारणा राख्नुभयो। संस्थाका निवर्तमान सचिव धनबहादुर गुरुङले पानी मानव जीवनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यसको संरक्षण र सदुपयोगमा उपभोक्तासँग नजिकिएर काम गरिँदै आएको बताउनुभयो।
संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वित्तीय तथा भौतिक प्रगतिबारे जानकारी दिँदै सुरुमा १ हजार धारा वितरण गर्ने लक्ष्य राखिएकोमा हाल ४ हजार २ सय २४ उपभोक्ता पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाको मासिक आम्दानी १४ लाख ५० हजार रुपैयाँ र मासिक खर्च १४ लाख रुपैयाँ रहेको छ भने स्थापनाकालदेखि हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको पानी बिक्री भइसकेको छ।
ज्ञानज्योती आमा समूहकी कोषाध्यक्ष मनिषा कुवरले कार्यक्रममार्फत खानेपानीसम्बन्धी आफ्ना शङ्का–उपशङ्का स्पष्ट भएको बताउँदै अब कुनै अन्योल नरहेको प्रतिक्रिया दिनुभयो। त्यस्तै नवकालिका टोल विकास संस्थाका प्रतिनिधि शम्भु रायमाझीले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न सकिने तथा बालबालिकालाई सरसफाइ र पानीको सदुपयोगबारे सिकाउनुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा खानेपानी तथा सरसफाइसम्बन्धी साङ्गीतिक प्रस्तुति समेत गरिएको थियो। साथै संस्थाको अवलोकन तथा वस्तुस्थितिबारे सहभागीलाई जानकारी गराइएको थियो। कार्यक्रममा सहभागीहरूले पानी चुहावट देखेमा खबर गर्ने, प्लास्टिक प्रयोग नगर्ने, कपडाको झोला प्रयोग गर्ने तथा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot