राष्ट्रिय दैनिक /नवलपरासी ,११ माघ पश्चिम नवलपरासीको सुनवल–१, सोमनाथस्थित लुम्बिनी माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ बालबालिकाहरूको पढाइका लागि आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराउने उद्देश्यले भगवती शर्मा गौतम स्मृति अक्षय कोष स्थापना गरिएको छ। सुनवल–१, सोमनाथ निवासी रुमा कुमारी शर्मा गौतमकाे परिवारबाट स्व. भगवती शर्मा गौतमको वार्षिक पुण्यतिथिको अवसरमा रु १,११,१११/- (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) बराबरको अक्षय कोष स्थापना गरिएको हो। उक्त अक्षय कोषबाट विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न बालबालिकाहरूको शैक्षिक आवश्यकता पूरा गर्न सहयोग पुग्ने विद्यालयले जनाएको छ। यस पुण्य कार्यप्रति लुम्बिनी माध्यमिक विद्यालय परिवारको तर्फबाट दातृ परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।